Shikhar Insurance
National Life

काँग्रेस महामन्त्री थापाले खोले फायर-‘धनराज गुरुङ र ऋषिकेस पोखरेलमाथी तत्काल अनुसन्धान हुनुपर्ने’

सिंहदरबार संवाददाता
२०८१ कार्तिक १२, सोमबार १६:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगीमा संलग्न काँग्रेसका धनराज गुरुङ र एमालेका ऋषिकेश पोखरेललाई पनि तत्काल अनुसन्धानको दायरामा ल्याउन सरकारसँग आग्रह गरेका छन् । सहकारी छानविन संसदीय समितिले काँग्रेसका उपसभापति गुरुङ र एमाले सांसद पोखरेल पनि सहकारी ठगी प्रकरणमा संलग्न रहेको देखाएकाले सरकारले उनीहरुमाथि पनि तत्काल छानविन गर्न आग्रह गरेका हुन् ।

सरकारले आम नागरिकको विश्वसनीयता जगाउन पनि ठगीमा संलग्न जो कोही पनि अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउने काममा ढिलाई गर्न नहुने महामन्त्री थापाको भनाई छ । सोमबार नेपाल राष्ट्र बैंकले काठमाडौंमा आयोजना गरेको दशैँ, तिहार, छठ लगायतका पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले सरकारले न्यायको कठघरामा जो कोही पनि उभिनुपर्छ भन्ने मान्यता स्थापित गराउन पनि सहकारी ठगीमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन हिच्किच्याउने काम गर्न नहुने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

महामन्त्री थापाले भने,“सहकारीका अपचलन गर्ने सयौंको संख्यामा छन् । ती मान्छेमध्ये ५-६ सय मान्छे अभियोजनको क्रममा छन् । अरु ५-७ सय मान्छे फरार छन् । ती सबै मान्छेलाई अनुसन्धानको दायरामा ल्याँउ । त्यो नयाँ होस् कि पुरानो होस कि । त्यो घाम तापेर बसेको होस कि घण्टी बजाएर बसेको होस् कि । रुखको छायामुनि बसिराखेको होस् कि । सबैलाई अनुसन्धानमा ल्याउ । छानविन समितिमा बकाईदा त्यही भन्छ । त्यसैले हामी भनिरहेका छौं सरकारलाई–यी सबै विषयहरुका सन्दर्भमा जे काम अह्राएको छ, त्यो काम राम्रोसँग गर्नुस् । आम नागरिकहरुको विश्वसनीयताको कुरा पनि हो । अहिले बाहिर छलफल चर्चा चलेको छ–नेपाली काँग्रेसको एक जना नेता पार्टीको उपसभापति माननीय धनराज गुरुङको संलग्नता सन्दर्भमा समितिमा छलफल भयो, बहस भयो । थप अनुसन्धान गर्नुपर्छ । मत सरकारलाई यहीबाट अनुरोध गर्न चाहन्छु–बकाईदा अनुसन्धान गर्नुस् । अनुसन्धान गर्नुपनि पर्छ । नेकपा एमालेका ऋषि पोखरेलजीको नाम आयो । गर्नुस अनुसन्धान । अनुसन्धान गर्नुस् मात्रै होइन, यदि गल्ती गर्नुभएको छ भने अभियोजन पनि गर्नुस् । दण्ड पनि दिनुस् । यो देशमा के स्थापित गर्नुपर्ने छ भने कोही पनि मानिस जुनसुकै राजनीतिक दलको होस–काँग्रेस होस्, एमाले होस्, रास्वपा होस्, राप्रपा होस, ठूलो होस्, सानो होस्, शक्तिशाली मानिस होस् । पाँच पटक प्रधानमन्त्री बनेको मानिस होस्, अहिले भइरहेका प्रधानमन्त्री होस कि भोली प्रधानमन्त्री हुने मानिस होस् कि । जो सुकै होस, कानूनभन्दा माथि कोही छैन । न्यायको कठघरामा सबै उभिनुपर्छ भन्ने भन्नेकुरा पनि सरकारले स्थापित गराउन सक्नुपर्छ । राज्यको अरु निकायले स्थापित गराउन सक्नुपर्छ।”

 

महामन्त्री थापाले प्रधानमन्त्री, मन्त्रीहरुलाई धेरै नबोल्न पनि सुझाव दिए । सरकारमा बसेकाहरुले बोल्ने नभई उनीहरुले गरेका काम बोल्नुपर्ने महामन्त्री थापाको भनाई थियो । महमन्त्री थापाले अवको ३ वर्ष तलमाथि नहुने भएकाले सरकारले त्यही अनुसार काम गर्नुपर्ने बताए ।

महामन्त्री थापाले थपे, “मैले प्रधानमन्त्रीजीलाई पनि भनेको, मन्त्रीजीहरुलाई पनि भनेको हो–तपाईहरुले केही समय बोल्न बन्द गरिदिनोस् । तपाईहरुले जवाफ फर्काउने होइन, तपाईको कामले बोल्नुस् । तपाईले गरेका निर्णयहरुले बोलुन् न । सरकारले गरेका कामहरुले एउटा कन्फिडेन्स देओसन । सायद दुधको किसानको कुरा होला । वा निर्माण व्यवसायीको बक्यौताको कुरा होला । यस्ता साना साना कुराहरु होलान् नि । आज सरकारले एउटा निर्णय गर्यो, आज मंगलवार सरकारले अर्को निर्णय गर्यो । मंगलवार भरी त्यो निर्णयको चर्चा होस् न । बुधबार पनि त्योनिर्णयको बारेमा चर्चा होस् न । अनि त्यसले बनाएको जुन सकारात्मक वातावरण छ । त्यो सकारात्मक वातावरणमा यति सहजतामा रहेको सरकारले त केही कुराहरुको जोखिम उठाउने आँट गरोस् न । हामी सरकार बदलिराख्ने एउटा पीडाबाट बाहिर निस्केका छौं । कम्तिमा अब ३ वर्ष कहीँ तलमाथि हुँदैन भन्ने विश्वास हामी सबैले राखेका छौं । यसको बेनिफिट आम नागरिकले पाउनुपर्यो नि त । त्यो बेनिफिट उसले गर्ने निर्णयहरुमा पाउनुपर्छ ।”

GBIME

प्रतिक्रिया दिनुहोस्