काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.४१ अंकले घटेर २६४५.३६ बिन्दुमा बन्द भएको छ ।
सोमबार ३०७ कम्पनीको १ करोड ४ लाख १८ हजार ९ सय २६ कित्ता सेयर किनबेच भएको छ ।
सोमबार नेपाल फइनान्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३३ करोड ७९ लाख ८८ हजार ५१८ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य १ हजार ४ सय रुपैयाँ पुगेको छ ।
साथै, समृद्धि फाइनान्स, एलआईसी (नेपाल) , जानकी फाइनान्स, बरुण हाईड्रोपावर, प्रोगेशीभ फाइनान्स, पिपुल्स हाइड्रोपावर, सप्तकोशी हाइड्रोपावर, आईसीएफसी फाइनान्स र साहस उर्जाको सेयर कारोबार सर्वाधिक भएको छ।
प्रतिक्रिया दिनुहोस्