Shikhar Insurance
National Life

लागुऔषध गाँजा २२१ केजी ३८ ग्रामसहित १ जना पक्राउ

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ११, आईतवार १८:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । लागुऔषध गाँजासहित धनुषा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । २२१ के जी ३८ ग्राम गाँजासहित प्रहरीले प्रकाश लुड्वालाई पक्राउ गरेको हो ।

धनुषा प्रहरीबाट विशेष सूचनाको आधारमा खटेको टोलीले जनकपुरधाम १४ बाबा आयल सेन्टर अगाडीबाट भिमफेदी गाउँपालिका २ का २४ वर्षीय लुड्वालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भूवनेश्वर तिवारीले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मकवानपुरको भिमफेदीबाट जनकपुरतर्फ आउदै गरेको ना.५ ख. १७७ नम्बरको मिनी ट्रकलाई रोकेर चेकजाँच गर्दा उक्त ट्रकको पछाडीपट्टीको बडिको भागमा फल्स बटम बनाई लुकाई छिपाई गरि ल्याउँदै गरेको प्रतिवन्धित २ सय २१ केजी लागुऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्