Shikhar Insurance
National Life

आन्तरिक राजस्व विभागले कर चेतना सम्बन्धी विद्यालयस्तरीय कविता प्रतियोगिता गर्ने

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ११, आईतवार १७:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । आन्तरिक राजस्व विभागले उच्च माध्यमिक स्तरिय कविता प्रतियोगिता गर्ने भएको छ । उद्योग, व्यापार, लगानी प्रवर्द्धन र कर सचेतना सम्बन्धी विषयमा विभागले प्रतियोगिता गर्न लागेको हो ।

राष्ट्रिय कर दिवस, २०८१ को अवसरमा उद्योग, व्यापार, लगानी प्रवर्द्धन र कर सचेतना सम्बन्धी विषयमा कविता प्रतियोगिता गर्न लागिएको विभागले जनाएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने प्रतियोगीहरुलाई मंसिर १ गते गते कर दिवस समारोहमा पुरस्कृत गरिने छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रतियोगितामा भाग लिनका लागि सहभागीहरुले मिति २०८१/०७/२५ गते भित्र आइपुग्ने गरी मध्यमस्तरीय करदाता कार्यालयको ठेगाना बबरमहल काठमाडौं वा इमेल [email protected] मा कविता पठाई सक्नु पर्ने छ ।  यसरी पठाइएको कविता नेपाली भाषामा लेखिएको कही कतै वाचन वा प्रकाशन नभएको र मौलिक हुनु पर्नेछ।

नेपाली भाषामा कम्प्युटर टाइप गरिएको बढीमा १५० शब्द सम्मको कविता पठाउनु पर्नेछ ।  कविताको भाषा शिष्ट तथा मर्यादित हुनुपर्ने विभागको भनाई छ ।  कविता पठाउने विद्यार्थीले आफ्नो नामथर, अध्ययन गर्ने विद्यालयको नाम, कक्षा खुलाई विद्यार्थी परिचयपत्र, विद्यालयको सिफारिस पत्र र हालसालै खिचिएको फोटोको डिजिटल कपि (स्क्यान) पठाउनुपर्ने छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्