काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेप्से परिसूचक ९.१९ अंकले घटेर २६१७.९५ बिन्दुमा बन्द भएको छ ।
आइतबार ३२० कम्पनीको ४ अर्ब ७३ करोड २४ लाख ८७ हजार ८६४ रुपैयाँको कारोबार भएको छ ।
आइतबार आईसीएफसी फाइनान्स लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३२ करोड ६४ लाख ८५ हजार ६१८ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य ८ हजार १.१० रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्