Shikhar Insurance
National Life

९.१९ अंकले घट्यो सेयर बजार, कारोबार रकम ४ अर्ब ७३ करोड

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ११, आईतवार १५:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.१९ अंकले घटेर २६१७.९५ बिन्दुमा बन्द भएको छ ।

आइतबार ३२० कम्पनीको १ करोड ११ लाख ३४ हजार १७८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७३ करोड २४ लाख ८७ हजार ८६४ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आइतबार आईसीएफसी फाइनान्स लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३२ करोड ६४ लाख ८५ हजार ६१८ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य ८ हजार १.१० रुपैयाँ रहेको छ ।

आइतबार ९१ कम्पनीको सेयर मूल्य बढ्दा १४१ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

साथै, आइतबार ४ कम्पनीको सेयर मूल्यमा सबरात्मक सर्किट लागेको छ भने नेपाल एसबिआई बैंकको सेयर मूलय ६.७९ प्रतिशतले घटेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्