काठमाडौं । उद्योग विभागको महानिर्देशको जिम्मेवारी राजेश्वर ज्ञावालीले पाएका छ्न् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत विभागमा ज्ञावालीले आइतबारबाट कार्यभार सम्हालेका छन् ।
कात्तिक २ गते बसेको मन्त्रीपरिसद बैठकले ४० जना सहसचिवको सरुवा गरेको थियो । सो सरुवामा यसअघी महानिर्देशक यज्ञराज कोइरालाको सरुवा भएको थियो ।
ज्ञावाली यसअघी काठमाडौ महानगर पालिकाका कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए। यस्तै, ठुला करदाता कार्यालयको प्रमुखका रुपमा पनि उनले काम गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्