Shikhar Insurance
National Life

५.२६ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न सानिमा बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ११, आईतवार १०:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा बैंकले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । बैंकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ५.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्न सभा बोलाएको हो ।

बैंकको कात्तिक १० गते बसेको संचालक समितिको बैठकले सभा मंसिर ४ गते आम्रपाली बैस्ट भाटभटेनी, काठमाडौंमा बस्ने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साधारणसभा प्रयोजनको लागि कात्तिक २५ गते एक दिन बैंकको शेयरधनी दर्ता किताब बन्द गरिने छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कात्तिक २४ गतेसम्म कारोबारमा रहेका सेयरधनीहरु मात्र सभामा भाग लिन पाउँने बैंकले जनाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्