काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ५ प्रतिशत (कर सहित) लाभांश दिने घोषणा गरेको छ । बैंकको कात्तिक ११ गते बसेको सञ्चालक समितिको बैठकले ९७ कारेड १ लाख २८ हजार ७ सय ८६ रुपैयाँ बराबरकाे नगद लाभांश दिने निर्णय गरेको हो ।
साथै, प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भए पश्चात प्रदान गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्