Shikhar Insurance
National Life

तुलसीपुर उपमहानगरले उठायाे ६ करोड राजश्व

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ९, शुक्रबार १७:०१
Hyundai
NCELL
NIMB

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा ६ करोड राजश्व सङ्कलन गरेको छ । चालु आवको साउन, भदौ र असोजमा सो परिमाणको राजश्व सङ्कलन गर्न सफल भएको उपमहानगरपालिकाका राजश्व शाखा प्रमुख पुष्पलता घर्तीले जानकारी दिए । उनका अनुसार आव २०८०/८१ मा सो अवधिमा ३ करोड ५० लाख मात्र राजश्व सङ्कलन भएको थियो ।

‘चालु आवमा विगत वर्षभन्दा राजश्व वृद्धि हुने अनुमान गरिएको छ’, प्रमुख घर्तीले बताए । राजश्व चुहावट रोक्नुका साथै सरसफाई, व्यवसायलगायतमा कर लिन थालिएकाले राजश्व बढ्ने अनुमान गरिएको उनको भनाइ छ । उल्लेख्य रुपमा राजश्व संकलन भएको छ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

चालु आवमा ५० करोड राजश्व सङ्कलन गर्ने लक्ष्य रहेको प्रमुख घर्तीले बताउनुभयो । गत आवमा ३६ करोड राजश्व सङ्कलन भएको थियो । चुहावट रोक्ने तथा करको दायरा फराकिलो बनाउनेतर्फ उपमहानगरपालिकाले जोड दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्