Shikhar Insurance
National Life

कृषि अनुदानको दुरुपयोग गर्नेलाई कारबाहीको दायरामा ल्याउँछौँ : मन्त्री अधिकारी

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ९, शुक्रबार १६:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले  कृषिमा अनुदान दुरुपयोग गर्नलाई काबाहीकाे दायरामा ल्याउन जरुरी रहेकाे बताएका छन् ।  नेपाल चेम्बर अफ कमर्सले आज आयोजना गरेको कृषिमा लगानी दशक सन्दर्भिकता र निजि क्षेत्रको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममामा मन्त्री अधिकारीले कृषि क्षेत्रमा लागेकाहरुको सुझाव कार्यन्यन गर्नका लागि आफ्नो सकारात्मक प्रयास हुने  बताएका हुन् ।

अधिकारीले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने आफ्नो प्रयासमा रहेकाे  बताएका छन् । सरकारले कतिपय कृषि उपजहरुको आयातमा रोक लगाईएको भन्दै मन्त्री अधिकारीले कृषिमा अनुदान दुरुपयोग गर्ने लाई कार्बाहीको दायरामा ल्याउन जरुरी छ भने । कृषिको विकासको लागि थप लगानी वृद्धि गर्न जरुरी रहेको मन्त्री अधिकारीले जानकारी दिए । मन्त्री अधिकारीले निजि क्षेत्र सग सहकार्य गर्न मन्त्रालय तयार रहेको र लगानी दशक सफल बनाउन निजी क्षेत्रको भुमिका महत्त्वपूर्ण हुने भएकाले निजी क्षेत्रलाई कृषिमा लगानी बढाउन आग्रह गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गरिबी बाट मुक्ती पाउनका लागि पनि प्रत्येक परिवार कम्तीमा कृषिमा आत्मनिर्भर हुन जरुरी छ भन्दै मन्त्री अधिकारीले पछिल्लो समय कृषि कर्म गर्नेहरुको संख्या घट्नु चिन्ताको बिषय भएको बताए ।

मन्त्री अधिकारीले आफ्नो ध्यान कृषि कर्मगर्ने हरुलाई प्रोत्साहन गर्नमा केन्द्रित रहेको जानकारी दिए । कृषिमा सहज लगानीको वातावरण बनाउन अवस्यक रहेको भन्दै मन्त्री अधिकारीले लगानी दशक सफल बनाउन यो अनिवार्य शर्त हुनेमा जोड दिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्