Shikhar Insurance
National Life

आइपीओ प्रस्ताव पारित गर्न एभरेष्ट कलरले बोलायो साधारण सभा

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ९, शुक्रबार ११:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले आइपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीको कात्तिक ६ गते बसेको संचालक समितिको बैठकले मंसिर १ गते सभा वाईट प्यालेस बैकेट, मध्यपुर ठिमी ( ३, भक्तपुरमा सभा बस्ने निर्णय गरेको हो ।

सभामा आइपीओ निष्कासनको प्रस्ताव पारित गर्नेछ । साधारण सभाले सर्वसाधारणलाई सेयर जारी गर्न नियामक निकायसँग अनुमति लिने लगायत निष्कासन सम्बन्धि सम्पूर्ण कार्य गर्नका लागि संचालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, कम्पनीले साधारण सभाबाट आर्थिक वर्ष २०८०।०८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आ।व। २०८०।२०८१ को वासलात, नाफा र नोक्सान हिसाव, नगद प्रवाह लगायत वित्तीय विवरण छलफल गरी पारित गर्ने तथा लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गराउने जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्