Shikhar Insurance
National Life

बालेनले खुलाए २२ जनालाई जागीर, तलब २५ हजार

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ८, बिहीबार १२:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौं महानगरपालिका, सहरी योजना आयोगद्वारा संचालित करियर क्याप्प २०८१ कार्यक्रम ल्याएको छ । महानगरले एक सूचना प्रकाशन गर्दै विभिन्न पदको लागि करारमा २२ जना कर्मचारी माग गरेको हो ।

उक्त पदको लागि न्यूनतम शैक्षिक योग्यता सहरी योजना, सिभिल इन्जिनियरिङ्ग तथा आर्किटेक्चर विषयमा न्यूनतम स्नातक तह उर्तीण भएकाहरुलाई ९ महिनाको लागि पूर्णकालिन प्रशिक्षार्थीको रुपमा छनोट गर्ने सूचनामा मार्फत जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

महानगरपालिकाले सञ्चालन गर्ने आयोजनाहरुको संरचनागत प्रारुप, ड्रइङ्ग डिजाइन र लागत अनुमान तयार गर्ने तथा महानगरबाट हुँदै गरेका निर्माण कार्यहरुको सुपरिवेक्षण तथा प्रतिवेदन तयार गर्ने काममा प्रत्यक्ष रूपमा सहभागी गराई व्यावसायिक सीप, दक्षता, र अनुभव प्रदान गर्ने उदेश्यले आवेदनका लागि यस सूचना प्रकाशित गरीएको छ। महानगरले सेवा सुविधा मासिक २५ हजार तोकेको छ ।

उक्त कार्यक्रमका सहभागी हुन चाहने योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले यो सूचना प्रकाशित भएकोले १५ दिन भित्र काठमाडौं महानगरपालिकाको वेबसाइटमा रहेको करियर क्याम्पको लिङ्कमा आवेदन पेश गर्न आग्रह गरेको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्