Shikhar Insurance
National Life

फोनपोइन्टस् र इसेवाबीच साझेदारी, लोयल्टी व्यवस्थापनको भविष्यलाई आकार दिने

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ८, बिहीबार १२:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवा र फोनपोइन्टस्बीच साझेदारी भएको छ । बुधबार एक कार्यक्रममार्फत इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का र फोन पोइन्टस्का प्रमुख कार्यकारी अधिकृत सागर पौडेलकाबीचमा सम्झौता भएको हो ।

सम्झौता अनुसार इसेवाको लोयल्टी तथा रिवार्ड पोइन्टको व्यवस्थापन फोनपोइन्टस्ले गर्नेछ । फोन पोइन्टस्ले इसेवाको रिवार्ड, लोयल्टी तथा अन्य पुरस्कार कार्यक्रमको व्यवस्थापनमा प्रमुख साझेदारको रूपमा काम गर्ने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

फोनपोइन्टस् र इसेवाबीचको यो सहकार्यले नेपालमा लोयल्टी कार्यक्रम व्यवस्थापनको भविष्यलाई आकार दिन महत्त्वपूर्ण फड्को मार्ने आशा गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्