Skip to content
Shikhar Insurance
National Life

बैकहरुको खराब कर्जा ०.३२ प्रतिशतले बढ्यो, किन उठ्न सकिरहेको छैन ऋण ?

Hyundai
NCELL
NIMB

काठमाडौं । २० वाणिज्य बैंकहरुको खराब कर्जा पहिलो क्वाटरमा ०.३२ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०८०/०८१ को पहिलो तीन महिनाको तुलनामा चालु वर्ष खराब कर्जा थोरै बढेको देखिएको हो ।

चालु आवको असोज महिना सम्म २० वाणिज्य बैंकहरुको औसत खराब कर्जा ३.७१ प्रतिशत रहेको छ । गत आवको सोही अवधिको तुलनामा चालु आवको सोही अवधिमा खराब कर्जा ०.३२ प्रतिशतले बढेको हो । गत आवको सोही अवधिसम्म वाणिज्य बैंकहरुको औषत खराब कर्जा ३.३९ प्रतिशत रहेको थियो । तथ्यांक अनुसार पछिल्लो समय बैंकहरुको खराब कर्जा बढीरहेको देखिएको छ ।

२० वाणिज्य बैंकहरूमध्ये ३ बैंकहरुको खराब कर्जा ५ प्रतिशतभन्दा माथि पुगेको छ । बैंकहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स बैंक र लक्ष्मी सनराइज बैंकको खराब कर्जा ५ प्रतिशतभन्दा माथि पुगेको देखिएको हो ।

तथ्यांक अनुसार नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५.८४ प्रतिशत खराब कर्जा रहेको छ । गत वर्षको सोही अवधिमा बैंकको खराब कर्जा ४.८३ प्रतिशत रहेको थियो । त्यस्तै, सबैभन्दा धेरै खराब कर्जा हुने दोस्रो नम्बरमा लक्ष्मी सनराइज बैंक रहेको छ । बैंकको खराब कर्जा ५.४४ प्रतिशत रहेको छ भने गत वर्ष ४.६९ प्रतिशत रहेको थियो ।

सिटिजन्स बैंकको पनि खराब कर्जा ५ प्रतिशतभन्दा माथि पुगेको छ । बैंकको खराब कर्जा ५.४१ प्रतिशत रहेको छ भने गत वर्षको सोही अवधिमा बैंकको खराब कर्जा ३.९७ प्रतिशत रहेको थियो ।

यसैगरी, हिमालयन बैंकको खराब कर्जा ४.९८ प्रतिशत छ भने कुमारी बैंकको खराब कर्जा ४.९६ प्रतिशत रहेको छ । प्रभु बैंकको ४.९४ प्रतिशत, प्राइम कमर्सियल बैंकको ४.८६ प्रतिशत, कृषि विकास बैंकको ४.७८ प्रतिशत र ग्लोबल आइएमई बैंकको ४.६७ प्रतिशत रहेको छ ।

एभरेष्ट बैंकको खराब कर्जा सबैभन्दा कम रहेको छ । बैंकको खराब कर्जा ०.७७ प्रतिशत रहेको छ भने माछापुच्छ्रे बैंकको १.१३ प्रतिशत, सानिमा बैंकको १.३८ प्रतिशत र नबिल बैंकको १.४२ प्रतिशत खराब कर्जा रहेको छ।

स्टान्डर्ड चार्टर्ड बैंकको खराब कर्जा १.९५ प्रतिशत, सिद्धार्थ बैंकको ३.९१ प्रतिशत, एसबिआई बैंकको १.८४ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ४.२३ प्रतिशत, एनआईसी एशिया बैंकको ४.२४ प्रतिशत र नेपाल बैंकको ३.९८ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।

पछिल्लो समय आर्थिक मन्दी, असोज १० र ११ गतेको अविरल वर्षाको कारण आएको बाढी पहिराेले गर्दा बैंकहरुको कर्जा असुलीमा समस्या बढेको देखिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्