Shikhar Insurance
National Life

सरकारी सेवा लिन कार्यालय धाउनु नपर्ने व्यवस्था गर्दैछौँ : प्रधानमन्त्री

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ७, बुधबार १८:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीले अब सवारी चालकले ट्रायल पास गर्नासाथ नागरिक एपमा नै लाइसेन्स पाउने बताएका छन् । सरकारको सय दिने उपलब्धिबारे जानकारी गराउँदै बुधवार सिंहदरबारमा उनले यस्तो बताएका हुन् ।

उनले सवारी नियम उल्लंघनको जरिवाना तिर्दा अब जहाँ नियम उल्लंघन भएको हो, सोही स्थानमा जरिवाना भुक्तानी गर्न सकिने सजिलो व्यवस्था सरकारले गरेको बताए । उनले वैदेशिक रोजगारीमा मृत्यु भएकाहरुको परिवारलाई दिने गरिएको क्षतिपूर्ति १० लाख पुयाइएको बताए । यसअघि ७ लाख रुपैयाँ दिने गरिएको थियो । त्यस्तै सरकारले कुनैपनि सरकारी सेवा लिन कार्यालय धाउनु नपर्ने, कर्मचारी भेट्नु नपर्ने र घरमै बसेर सबै सेवा लिनसक्ने व्यवस्था गर्न लागेको जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसले सेवा प्रवाहमा हुँदै आएको झन्झट अन्त्य हुने र सुशासन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले सरकारी कार्यालयमा कामका फाइलहरु अड्काउने, कामको समयावधी लम्याउने र यसबाट सेवाग्राहीले दु:ख पाउने स्थितिबाट मुक्त गर्न क्युआर कोडमार्फत फाइल ‘मुभमेन्ट ट्र्याकिङ’ गर्ने प्रणाली परीक्षणका रुपमा शुरुवात गरेको जानकारी दिए । अब सरकारी कार्यालयमा हुने आफ्नो कामको जानकारी मोबाइलबाटै पाउने व्यवस्था गरिएको बताए ।

उनले लगानीकर्ताको भौतिक उपस्थितबिना कुल पूँजी ५० करोड रुपैयाँसम्मको विदेशी लगानी स्वचालित प्रणालीबाट तुरुन्त स्वीकृतिको प्रमाणपत्र प्राप्त गर्नसक्ने गरी उद्योग विभागमा स्वचालित मार्ग कार्यान्वयनमा आएको बताए । नेपाल ल्याण्ड इन्फरमेशन सिस्टम लागू भएका ५८ नापी कार्यालयमा अनलाइनमार्फत सेवा ‘ट्रयाकिङ्’ प्रणाली लागू भएको पनि जानकारी दिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्