Shikhar Insurance
National Life

कृषि विकास बैंकको पहिलो त्रैमासिक वित्तीय विवरण: नाफा १९ करोड, वितरणयोग्य नाफा कति ?

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ७, बुधबार १६:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि विकास बैंकले चालु आवको ३ महिनामा १९ करोड ९ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आवको सोही अवधिमा ८८ करोेड ८० लाख ७१ हजार रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको वितरणयोग्य नाफा २ अर्ब ७९ करोड ३१ लाख ११ हजार ९ सय ८२ रुपैयाँ रहेको छ । चालु आव ३ महिनामा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब २७ करोड ९९ लाख ८५ हजार ८ सय ६६ रुपैयाँ रहेको छ भने सोहि अवधिमा बैंकको सञ्चालन नाफा २९ करोड ८१ लाख २ हजार ८ सय २६ रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोहि अवधिमा बैंकको निक्षेप संकलन २ खर्ब ६० अर्ब १० करोड १९ लाख १६ हजार १२५ रुपैयाँ रहेको छ भने कर्जा संकलन २ खर्ब १ अर्ब ८४ करोड ३६ लाख ६८ हजार २ सय ५५ रुपैयाँ रहेको छ ।

त्यसैगरी, बैंकको चुक्ता पुँजी १८ अर्ब ८८ करोड ४३ लाख ८६ हजार रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ३.२५ रुपैयाँ, प्रतिसेयर खुद मूल्य २३७.८३ रुपैयाँ, तरलता अनुपात ३५.४७ प्रतिशत रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्