काठमाडौं । गरिमा विकास बैंकले चालु आवको ३ महिनामा २२ करोड ५७ लाख ४३ हजार ९ सय ८१ रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले गत आवमा २० करोड १५ लाख ५४ हजार ७ सय ९३ रुपैयाँ नाफा कमाएको थियो । बैंकले गत आवको सोही अवधिको तुलनामा यो आवको सोही अवधिमा १२.०० प्रतिशतले बढी नाफा कमाएको हो ।
विवरण अनुसार बैंकको वितरणयोग्य नाफा २९ करोड ९१ लाख ७५ हजार ३ सय ४ रुपैयाँ छ । चालु आव ३ महिनामा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ३२ करोड ५ लाख १७ हजार ७ सय ४१ रुपैयाँ रहेको छ भने सोहि अवधिमा बैंकको सञ्चालन नाफा ३२ करोड २३ लाख ५६ हजार ४०२ रुपैयाँ रहेको छ ।
सोहि अवधिमा बैंकको निक्षेप संकलन ८३ अर्ब २७ करोड १४ लाख ५४ हजार ५२६ रुपैयाँ रहेको छ भने कर्जा संकलन ६८ अर्ब ४१ करोड ७२ लाख ९२ हजार ७२२ रुपैयाँ रहेको छ । बैंकको चुक्ता पुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार रहेको छ भने जगेडा कोषमा ६८ करोड ४४ लाख ६३ हजार रुपैयाँ जम्मा रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी १५.९० रुपैयाँ, प्रतिसेयर नेटर्वथ १६२.०७ रुपैयाँ रहेको छ भने तरलता अनुपात २५.०६ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्