Shikhar Insurance
National Life

ज्योति विकास बैंकको नाफा १५ करोड, प्रतिसेयर आम्दानी कति ?

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ७, बुधबार १५:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । ज्योति विकास बैंकले चालु आवको ३ महिनामा १५ करोड ११ लाख ९० हजार ३ सय १० रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आवको तुलनामा १९७.६१ प्रतिशत बढी नाफा कमाउँन सफल भएको हो । बैंकले गत आवमा ५ करोड ८ लाख २ हजार ८१२ रुपैयाँमा खुद नाफा आर्जन गरेको थियो ।

बैंकले सार्वजनिक गरेको विवरण अनुसार बैंकको वितरणयोग्य नाफा २९ करोड ९१ लाख ७५ हजार ३ सय ४ रुपैयाँ छ भने प्रतिसेयर आम्दानी १३.७६ रुपैयाँ रहेको छ । चालु आव ३ महिनामा कम्पनीको खुद ब्याज आम्दानी १ अर्ब ६४ करोड १५ लाख ६८ हजार २ सय ४६ रुपैयाँ रहेको छ भने सोहि अवधिमा बैंकको सञ्चालन नाफा २१ करोड ५९ लाख ३० हजार २ सय ६९ रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोहि अवधिमा बैंकको निक्षेप संकलन ५९ अर्ब ३२ करोड २२ लाख ६८ हजार ५ सय ९६ रुपैयाँ रहेको छ भने कर्जा संकलन ४७ अर्ब ४४ करोड ६६ लाख २६ हजार ६ सय ४२ रुपैयाँ रहेको छ । बैंकको चुक्ता पुँजी ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार ८ सय ८६ रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर नेटर्वथ १४८.८२ रुपैयाँ रहेको छ भने पीई रेसियो २६.८२ रुपैयाँ रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्