काठमाडौं । चालु आवको ३ महिनामा एभरेष्ट बैंकले नाफा १ अर्ब १२ करोड आर्जन गरेको छ । बैंकले बुधकार सार्वजनिक गरेको चालु आव २०८१/०८२ को पहिलो त्रैमासिक वित्तीय विवरणले नाफामा उछाल देखाएको हो ।
चालु आवको गत आवको पहिलो त्रैमाससमा बैंकले १ अर्ब १२ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ भने यो गत आवको तुलनामा ४४.४४ प्रतिशतले बढी हो । गत आव सोहि अवधिमा बैंकको खुद नाफा ७८ करोड ७ लाख रुपैयाँ रहेको थियो ।
बैंकको खुद ब्याज आम्दानी २ अर्ब १३ करोड ९० लाख कायम भएको छ भने गत आवको सोहि अवधिमा १ अर्ब ८९ करोड १५ लाख रुपैयाँ रहेको थियो ।
बैंकको चुक्ता पूँजी १२ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ रहेको छ भने जगेडाकोषमा १३ अर्ब ५३ करोड ५५ लाख रुपैयाँ छ ।
बैंकको संचालन नाफा १ अर्ब ६१ करोड १६ लाख रुपियाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी भने २ अर्ब ५६ करोड ७३ लाख रुपैयाँ छ । बैंकको खराब कर्जा ०.७७ प्रतिशत रहेको छ । रिटेन्ड अर्निङमा १ अर्ब ६३ करोड रहेको छ भने पीई अनुपात १७.७९ प्रतिशत छ । बैंकको पतिसेयर नेटवर्थ २१९ रुपैयाँ १ पैसा छ ।
प्रतिक्रिया दिनुहोस्