काठमाडौं । चालु ३ महिनामा सिद्धार्थ बैंकको नाफा ३८ करोड बढी नाफा आर्जन गरेको छ । बैंकले बैंकले बुधबार प्रकाशन गरेको चालु आव २०८०/०८१ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकले ३८ करोड २० लाख ८४ हजार रुपैयाँ नाफा आर्जन गरेको हो ।
सोहि अवधिमा बैंकको नाफ ७९१.४३ प्रतिशत वृद्धि भएको छ । गत आवको सोही अवधिमा बैंकले ४ करोड २८ लाख ६२ हजार रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो ।
सोहि अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ८ करोड ८२ लाख ८७ हजार रुपैयाँ पुगेको छ भने गत आव सोहि अवधिमा १ अर्ब ९६ करोड ९८ लाख रुपैयाँ कमाएको थियो ।
सोहि अवधिमा बैंकको संचालन नाफा ५३ करोड ९५ लाख ५९ हजार रुपैयाँ पुगेको छ ।
बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ छ भने जगेडा कोषमा पनि बैंकले १४ अर्ब ६ करोड ८४ लाख रुपैयाँ छ ।
साेही अवधिमा बैंकको निक्षेप संकलन २ खर्ब ४३ अर्ब २९ करोड ८३ लाख रुपैयाँ कायम भएको छ भने कर्जा लगानी २ खर्ब ८४ लाख करोड रुपैयाँ पुगको छ।
बैंकको खराब कर्जा खराब कर्जा १.९९ प्रतिशत रहेको छ भने प्रतिसेयर आम्दानी (इपिएस) १०.६४ रुपैयाँ पुगेको छ । सोहि अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ २०१.७२ रुपैयाँ छ ।
प्रतिक्रिया दिनुहोस्