Shikhar Insurance
National Life

कुमारी बैंकको नाफा १ अर्ब बढी, इपिएस कति ?

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ७, बुधबार १२:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंक लिमिटेडले १ अर्ब बढी नाफा आर्जन गरेको छ । बैंकले बुधबार प्रकाशन गरेको चालु आव २०८०/०८१ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार १ अर्ब ७ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गरेको हो ।

बैंकले गत आव सोहि अवधिमा भने २६ करोड ३९ लाख ३५ हजार रुपैयाँ नाफा कमाएको थियो । सोहि अवधिमा बैंकको खुद ब्याज २ अर्ब ८० करोड ६२ लाख ४६ हजार रुपैयाँ कमाएको थियो भने गत आव सोहि अवधिमा ३ अर्ब ४ करोड १९ लाख ७२ हजार रुपैयाँ कमाएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

चालु आव ३ महिना असोज मसान्तसम्मा बैंकको सञ्चालन नाफा ३ अर्ब ७२ करोड ६४ लाख रुपैयाँ रहेको छ भने अघिल्लो आवमा ३ अर्ब ९७ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

सोहि अवधिमा बैंकको चुत्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार रहेको छ भने जगेडा कोष भने १५ अर्ब ४५ करोड ३ लाख ३ हजार रुपैयाँ रहेको छ ।

सोहि अवधिमा बैंकको निक्षेप संकलन ३ खर्ब ४७ अर्ब २० करोड ४५ लाख रुपैयाँ छ भने कर्जा प्रवाह २ खर्ब ८३ अर्ब ९६ करोड ४४ लाख रहेको छ ।

सोहि अवधिमा बैंकको वितरणयोग्य३ अर्ब ७८ करोडे छ भने प्रतिसेयर आम्दानी १६ रुपैयाँ ४४ पैसा रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्