काठमाडौं । प्राइम कमर्सियल बैंकको खुद नाफामा उछाल आएको छ । बैंकले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार १ अर्ब २८ करोड ६७ लाख ८७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
चालु आवको असोज मसान्तसम्ममा बैंकको नाफा ११.७४ प्रतिशतले बढेको छ । गत आवको सोहि अवधिमा बैंकको खुद नाफ १ अर्ब १५ करोड १५ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
सोहि अवधिमा बैंकले २ अर्ब ३३ करोड १८ लाख ६२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने गत आवको सोही अवधिमा बैंकको खुद ब्याज १ अर्ब ९९ करोड ८६ लाख रुपैयाँ रहेको थियो । बैंककाे संचालन नाफामा १ अर्ब ८२ करोड ८३ लाख १८ हजार रुपैयाँ रहेको छ भने बैंकको वितरणयोग्य नाफा २ अर्ब ७३ करोड ९ लाख १९ हजार रुपैयाँ रहेको छ ।
बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड २५ लाख रुपैयाँ रहेको छ भने बैंकले जगेडा तथा कोषमा १२ अर्ब ८२ करोड ६८ लाख रुपैयाँ राखेको छ । साेहि अवधिमा बैंकको प्रतिसेयर आम्दानी (इपिएस) २६.५३ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ११ पैसा रहेको छ ।
चालु आवमा बैंकको निक्षेप संकलन २ खर्ब २१ अर्ब ८१ करोड ३६ लाख रुपैयाँ पुगेको छ भने कर्जा विस्तार १ खर्ब ८८ अर्ब ६३ करोड ७४ लाख रुपैयाँ रहेको छ ।
सोहि अवधिमा बैंकको खराब कर्जा ४.८६ प्रतिशत पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्