काठमाडौं । लक्ष्मी सनराइज बैंकले तीन महिनामा ५३ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । बैंकले बुधबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिक वित्तीय विवरणले बैंकको नाफमा उछाल देखिएको हो ।
चालु आवको असोज मसान्तमा बैंकको नाफा ४२०.५३ प्रतिशत बढेको छ । गत आवको पहिलो त्रैमासमा बैंकले १० करोड ३० लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
सोहि अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ६७ करोड २७ लाख ३५ हजार रुपैयाँ रहेको छ भने गत आवको सोहि अवधिमा १ अर्ब ८६ करोड ६१ लाख रहेको थियो ।
चालु आवमा बैंकको वितरणयोग्य मुनाफा बैंकको १ अर्ब ४९ ९ करोड ५० लाख रुपैयाँ रहेको छ भने सञ्चालन नाफामा वृद्धि भई ७५ करोड ६९ लाख ३८ हजार रुपैयाँ रहेको छ ।
सोहि अवधिमा बैंकको निक्षेप संकलन ३ खर्ब ३४ अर्ब ४५ करोड ९९ लाख रुपैयाँ रहेको छ भने कर्जा २ खर्ब ५८ अर्ब १६ करोड रुपैयाँ रहेको छ । बैंकको चुक्ता पुँजी २३ अर्ब १८ करोड ७१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १८ अर्ब ७६ करोड ८९ लाख रुपैयाँ रहेको छ ।
सोहि अवधिमा बैंकको प्रतिसेयर आम्दानी (इपिएस) बढेर ९ रुपैयाँ २५ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ९५ पैसा छ । सोहि अवधिमा बैंकको खराब कर्जा ५.५० प्रतिशत पुगेको छ ।
सोहि अवधिमा बैंकको कष्ट अफ फण्ड ५.६१ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्