Shikhar Insurance
National Life

माछापुच्छ्रे बैंकले कमायो ५० करोड ३२ लाख नाफा, अन्य सूचक कस्ता ?

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ७, बुधबार ०७:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मामा ५० करोड ३२ लाख ६३ हजार २ सय ९७ रुपैयाँ नाफा आर्जन गरेको छ ।

बैंकको नाफामा अघिल्लो आवको तुलनामा सामान्य गिरावट आएको छ । अघिल्लो आव सोहि अवधिमा कम्पनीको नाफा ५४ करोड २२ लाख रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले सार्वजनिक गरेको विवरण अनुसार वितरणयाेग्य मुनाफा १ अर्ब ६ करोड रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी १२ रुपैयाँ २७ पैसा रहेको छ ।

चालु आव ३ महिनामा कम्पनीको खुद ब्याज आम्दानी १ अर्ब ४८ करोड २६ लाख रुपैयाँ रहेको छ भने गत आव १ अर्ब ४१ करोड २२ लाख रुपैयाँ रहेको थियो ।

सोहि अवधिमा बैंकको सञ्चालन नाफा ९९ करोड ९८ लाख रुपैयाँ रहेको छ भने अघिल्लो आव सोहि अवधिमा ७८ करोड ३५ लाख रुपैयाँ रहेको थियो ।

बैंकको चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार २ सय ७३ रहेको छ भने जगेडा कोषमा ५ अर्ब ८ करोड ११ लाख ९७ हजार रुपैयाँ रहेको छ ।

सोहि अवधिमा बैंकको निक्षेप संकलन १ खर्ब ६७ अर्ब ७८ करोड ४६ लाख रहेको छ भने कर्जा संकलन १ खर्ब ३८ अर्ब ४७ करोड ४२ लाख ६३ हजार रहेको छ ।

सोहि अवधिमा बैंकको खराब कर्जा ५.१५ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर नेटर्वथ १५३.१६ रहेको छ भने कष्ट अफ फण्ड ५.४७ प्रतिशत रहेको छ । बैंकको सिडी रेसियो ८२.१० प्रतिशत रहेको छ भने बैंकको बेस रेट ७.६१ रहेको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्