काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले आज (कात्तिक ६ गते) एक कम्पनीको लाइसेन्स खारेज गरेको छ । इमेलसहितको सेवा प्रदान गर्ने रेग्मी मिडिया इंक प्रालिको लाइसेन्स खारेज भएको हो ।
प्राधिकरणले एक सूचना प्रकाशन गर्दै कम्पनीले समयमा नविकरण र तोकिएको दस्तुर नतिरेपछि सेवाप्रदायकको लाइसेन्स खारेज गरेको जानकारी दिएको छ । उक्त कम्पनीले २०७१ असोज २३ मा इन्टरनेट सेवा सञ्चालनको लागि प्राधिकरणबाट अनुमति पाएको थियो ।
प्राधिकरणका अनुसार गत असोज २३ देखि नै कम्पनीको लाइसेन्स रद्द भएको हो । सेवाप्रदायकलाई नेपाल दूरसञ्चार ऐन २०५३ को दफा २५ (५) बमोजिम कारबाहीसहित लाइसेन्स रद्द भएको प्राधिकरणले एक सूचनामार्फत जानकारी गरेको छ ।
प्राधिकरणले अब बुझाउनपर्ने रकमका सम्बन्धमा ३० दिनभित्र सम्पर्क गर्नुपर्ने अन्यथा कानून बमोजिम थप कारबाही हुने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्