Shikhar Insurance
National Life

अदालतले रवि लामिछानेलाई बुधबार छोड्छ : सचेतक परियार

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ६, मंगलवार १२:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले अदालतले रवि लामिछानेलाई बुधवार छोड्ने दाबी गरेका छन् । सोमबार पोखरामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै परियारले यस्तो दाबी गरेका हुन् । उनले अदालतप्रति रास्वपाको उच्च सम्मान रहेको भन्दै बुधवार अदालतले लामिछानेलाई जेलमा राखेर अनुसन्धान गर्नुपर्दैैन भनेर छोड्ने बताएका छन् ।

उनले नेपालको इतिहासमा खासखास समयमा अदालतले न्याय सम्पादन गरेको बताए । उनले सरकारी अदालतको न्यायप्रणालीलाई बिगार्ने काम गरेको आरोप लगाए । उनले पोखरामा बाहिरबाट पार्टीका कार्यकर्ता नआएको जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले सरकार विरुद्ध रवि लामिछानेलाई रिहाई गर्ने आन्दोलनमा पोखरावासीको साथ आवश्यक रहेको जानकारी दिए । उनले पोखरा सचेत नागरिक बस्ने ठाउँ भएकाले सरकार विरुद्ध रास्वपाको आन्दोलनमा साथ दिने आशा व्यक्त गरे ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्