Shikhar Insurance
National Life

कात्तिक १५ गतेभित्र कुलमान हटाउने उर्जा मन्त्री खड्काको योजना, शाक्य प्रबन्ध निर्देशक बन्ने

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ६, मंगलवार १२:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल विद्युत प्राधिकणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई विवरण प्राप्त हुने बित्तिकै हटाउने भएको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले प्रबन्ध निर्देशक घिसिङलाई हटाउने तयारी तिब्र बनाएका हुन् ।

मन्त्री खड्काले असोज २३ गते १५ वटा बुँदामा विद्युत प्राधिकरणसँग विवरण माग गरेका छन् । हाल कुलमानले मन्त्रालयले मागेको विवरण धमाधम तयार गरिरहेका छन् । मन्त्रालयमा विवरण प्राप्त भएपछि घिसिङलाई स्पष्टिकरण सोध्ने तयारी मन्त्री खड्काको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कुलमानलाई स्पष्टिकरण सोधेपछि मन्त्रालय तानिने र हितेन्द्र देव शाक्यलाई प्रबन्ध निर्देशक बनाउने तयारी रहेको उच्च स्रोतले सिंहदरबारलाई बतायो । स्रोतले भन्यो, “उर्जा मन्त्री खड्काको अनुकुल हुनेगरी घिसिङले कुनै काम गरेका छैनन्, ट्रंक र डेडिकेटेड विद्युत महशुल विवादमा घिसिङ आफैंले राजनिति गर्न खोजेपछि मन्त्री र घिसिङबिच दुरी बढ्दै गएको छ, मन्त्रालयले मागेको विवरण प्राप्त भएपछि घिसिङसँग मन्त्रालयले स्पष्टिकरण सोध्नेछ, यसपछि उनको सरुवा गरेर हितेन्द्र देव शाक्यलाई नै प्रबन्ध निर्देशकको जिम्मेवारी दिने तयारी छ ।”

स्रोतका अनुसार यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचारको मुद्दा लगाएर घिसिङलाई प्रबन्ध निर्देशकबाट हटाउने प्रयास भएको थियो । तर प्रमुख आयुक्त प्रेम राई कुलमानमाथी मुद्दा दायार गर्न सहमत नभएपछि प्रधानमन्त्री केपी ओली समेत अप्ठ्यारोमा परेका थिए । अख्तियारबाट काम नहुने भएपछि उर्जा मन्त्रालयले नै उनलाई हटाउन तयारी थालेको हो ।

ट्रंक र डेडिकेट विद्युत महशुल विवादमा छलफल गर्न सोमबार (कात्तिक ५ गते) मन्त्री खड्काले मन्त्रालय बोलाएका थिए । छलफलमा उद्योगी, प्राधिकरण र मन्त्रालयबिच छलफल भएको हो । छलफलमा कुलमानले उद्योगीहरुसँग बक्यौता रकमको किस्ता लामो समयसम्मको तिर्न मिल्ने गरी प्रस्ताव गरेका छन् ।

यदी बिचमा प्राधिकरण भन्दा माथिल्लो निकायले तिर्नु पर्दैन भनेको खण्डमा नतिर्ने शर्तमा कुलमानले नयाँ प्रस्ताव पेश गरेका छन् । तर सहमति भने जुट्न नसकेको स्रोतको भनाई छ ।  महशुल विवादमा उद्योगीलाई दिएको तीन महिने म्याद यहि कात्तिक ८ गते सकिदैछ । पुन: उद्योगको लाइन काट्ने योजनमा कुलमान रहेका छन् । यहि मेसोमा कुलमानलाई कात्तिक १५ गतेभित्र हटाउने योजना मन्त्री खड्काको छ ।

२०७७ भदौ ३० गते पहिलो कार्याकाल सकिएको घिसिङले २७ साउन २०७८ मा दोस्रो कार्यकाल सम्हालेका थिए । उनले हितेन्द्रदेव शाक्यलाई प्रतिस्थापन गर्दै कार्यकाल सम्हालेका थिए । कुलमानको नियुक्तिलाई लिएर शाक्यले सर्वोच्च अदालतमा मुद्दा दायार गरेका छन् । तर हालसम्म सो मुद्दाको फैसला आउन सकेको छैन ।

यस्तो छ, मन्त्रालयले घिसिङसँग मागेको विवरण

१. नेपाल विद्युत प्राधिकरणको कर्मचारी सेवा, शर्तसम्बन्धी विनियमावली (संशोधनसहितको) एवम् आर्थिक प्रशासन विनियमावली (संशोधन समेत) र सोसँग सम्बन्धित विगत ४ वर्ष अवधिमा सञ्चालक समितिले गरेका विभिन्न मितिका निर्णयहरु |

२. नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिले विगत ४ वर्षको अवधिमा कार्यकारी निर्देशकलाई प्रत्यायोजन गरेको अधिकारको विवरण (निर्णय मिति खुल्ने गरी) ।

३. नेपाल विद्युत प्राधिकरणले छिमेकी मुलुकहरुका व्यावसायिक संस्थाहरुसँग गरेको विभिन्न मितिका सम्झौता एवम् समझदारी पत्रहरुको विवरण |

४. नेपाल विद्युत प्राधिकरणका सहायक कम्पनीहरुमा रहेको प्राधिकरणको शेयर संरचना एवम् ती कम्पनीहरुको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने पदाधिकारीहरुको विवरण । साथै, ती कम्पनीहरुमा नेपाल विद्युत प्राधिकरणको तर्फबाट हाल काजमा खटिएका कर्मचारीहरुको विवरण |

५. नेपाल विद्युत प्राधिकरणका सहायक कम्पनीहरुको विगत ४ वर्षको वित्तीय विवरण |

६. नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद सम्झौता गरी सञ्चालनमा रहेका आयोजनाहरुबाट Power Evacuation पूर्ण रुपमा हुन नसकेको अवस्था भए वैकल्पिक मार्ग प्रयोग गरिएको आयोजनाहरुको विवरण |

७. हिमाल पावर लिमिटेडद्वारा प्रवर्द्धित ६० मेगावाटको खिम्ति १ जलविद्युत आयोजनासँग स्वामित्व हस्तान्तरणबारे नेपाल विद्युत प्राधिकरणले गरेको वार्तासँग सम्बन्धित विवरण / प्रतिवेदनहरु ।

८. विगत चार आर्थिक वर्षदेखि त्यस प्राधिकरणका विभाग, निर्देशनालय र कार्यकारी निर्देशकबाट स्वीकृत भएका बोलपत्र सम्बन्धी विवरण (जस्तै, ठेक्काको नाम स्वीकृत भएको रकम भुक्तानीको विवरण, ती ठेक्कासँग सम्बन्धित दायित्वहरुको विवरण आदि) । साथै, यदि विवाद पर्न गएको भए विवादका कारण र कार्य सम्पन्न हुन नसकेका ठेक्का सम्झौताको वर्तमान
अवस्था । विगत चार वर्षमा भएका सञ्चालक समितिका सदस्यहरुको विदेश भ्रमण सम्बन्धी विवरण। ती भ्रमणसँग सम्बन्धित खर्चको विवरण एवम् ती खर्च भुक्तानीको स्रोतसम्बन्धी विवरण ।

१०. डेडिकेटेड फिडर / ट्रंक लाइन सम्बन्धी नेपाल विद्युत प्राधिकरणले उठाउन बाँकी रहेको महसुल सम्बन्धमा सञ्चालक समितिमा पेश भएका विभिन्न प्रतिवेदन एवम् सो महसुलका सम्बन्धमा सञ्चालक समितिबाट विभिन्न मितिमा भएका निर्णयहरु | ११. नेपाल विद्युत प्राधिकरणले विभिन्न बोलपत्र मार्फत् खरिद गरी जडान हुन बाँकी स्टोरमा मौज्दात रहेका ट्रान्सफरमरको
अद्यावधिक विवरण (खरिदको लागि प्राप्त माग संकलन र खरिद योजना, खरिद नं., खरिद मूल्य एवम् हालको अवस्था सहित)

१२. हाल बोलपत्र आव्हानको लागि तयारी भइरहेको स्मार्ट मिटर लगायतका वस्तु /सामाग्रीहरुको विवरण एवम् प्रतिस्थापन कार्ययोजना (परिमाण एवम् अनुमानित लागत रकम सहित) ।

१३. नेपाल विद्युत प्राधिकरणले आफैले विभिन्न स्थानहरुमा सिमेन्टेड पोल प्लान्टहरु स्थापना गरी उत्पादन गरेका पोलहरुको लागत मूल्य, बोलपत्रहरुबाट खरिद भएमा विभिन्न पोलहरुको खरिद मूल्य एवम् सो सम्बन्धी परिमाणहरुको गत ४ आर्थिक वर्षको अद्यावधिक विवरण ।

१४. महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा औँल्याइएका बेरुजुमध्ये हालसम्म फछ्यौट हुन बाँकी रहेका बेरुजुको अद्यावधिक विवरण |

१५. नेपाल विद्युत प्राधिकरणको केन्द्रीय स्टोर प्रमुखको रुपमा गत ५ वर्षदेखि को-को कार्यरत रहेका छन् ? उनीहरुको पद र योग्यता खुलेको विवरण ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्