काठमाडौँ । दसैँपछि सुनको भाउ निरन्तर उकालो लागिरहेको छ । अघिल्लो दिन ६ सय रुपैयाँले बढेको सुनको मूल्य आज ३ सय रुपैयाँले बढेर फेरी नयाँ रेकर्ड राखेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार १ लाख ६५ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।
आज चाँदी प्रतितोला २ हजार १ सय रुपैयाँमा किनबेच भएको छ । सोमबार चाँदी २ हजार ९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
प्रतिक्रिया दिनुहोस्