Shikhar Insurance
National Life

थ्रिस्टार हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ६, मंगलवार १०:४२
Hyundai
NCELL
NIMB

काठमाडौं । थ्रिस्टार हाइड्रोपावर लिमिटेडले शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको कात्तिक ५ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी ४९ करोड २५ लाख रुपैयाँको १:१ बराबार अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको छ ।  हकप्रद सेयर निष्कासनबाट प्राप्त रकममध्ये ३४ करोड २५ लाख रुपैयाँ आयोजना निर्माणको लागि लिएको बैंकको ऋण तथा अन्य दायित्व भुक्तानी गर्ने र बाँकी रहेको रकम १५ करोड रुपैयाँ निको इनर्जी लिमिटेडद्वारा निर्माणाधिन माथिल्लो भुरुण्डी ए जलविद्युत आयोजना (९ मेगावाट) का लागि आवश्यक स्वपूँजीमा लगानी गर्ने कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, कम्पनीले विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति प्राप्त भएपश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सो दरमा हकप्रद सेयर निष्कासन गर्नछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्