Skip to content
Shikhar Insurance
National Life

हाथवे इन्भेष्टमेन्टको १०.५२ प्रतिशत लाभांश सुरक्षित गर्न आज अन्तिम दिन

Hyundai
NCELL
NIMB

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले लाभांश सुरक्षित गर्न आज अन्तिम दिन रहेको छ । साधारण सभा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले भोलि बुक क्लोज गर्ने हुँदा आजसम्म कायम सेयरधनीमात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीको असोज १४ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार १६औं साधारण सभा कात्तिक २५ गते आम्रपाली ब्याङ्केट, काठमाडौंमा बिहान १० बजे आव्हान गरेके हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्