Shikhar Insurance
National Life

राष्ट्र बैंकले ३ विकास बैंक र ४ फाइनान्स कम्पनीलाई गर्‍याे कारवाही, कुन-कुन परे ?

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ६, मंगलवार ११:००
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ वटा विकास बैंक र चारवटा फाइनान्स कम्पनीहरुलाई कारवाही गरेको छ । राष्ट्र बैंकले सिन्धु विकास बैंक, साल्पा विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, जानकी फाइनान्स कम्पनी, गोर्खाज फाइनान्स कम्पनी, प्रोग्रेसिभ फाइनान्स कम्पनी र रिलायन्स फाइनान्स कम्पनीलाई कारबाही गरेको हो ।

साल्पा विकास बैंक र सिन्धु विकास बैंकलाई राष्ट्र बैंकले प्रथम पटक कारवाही गरेको छ । बैंकहरुले राष्ट्र बैंकद्धारा जारी गरिएको एकीकृत निर्देशनमा भएको व्यवस्था विपरित आफ्नो वासलात तथा नाफा–नोक्सान हिसाबको बिवरण ढिलो पेश गरेकाले कारवाही गरेको राष्ट्र बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, बैंकहरुले वार्षिक साधारणसभा समेत ढिलो सम्पन्न हुने गरी विद्यमान कानूनी तथा यस बैंकको नियामकीय व्यवस्थाहरु उल्लङ्घन गरेको देखिएकाले सिन्धु विकास बैंकका अध्यक्ष तथा सञ्चालक समिति सदस्यहरु र प्रमुख कार्यकारी अधिकृत(सीईओ)लाई प्रथम पटक गरेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, साल्पा विकास बैंकले राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन, २०८० को इप्रा निर्देशनमा भएको व्यवस्था विपरीत तोकिएको अधिकतम ब्याजदर अन्तर ४.६० प्रतिशत भन्दा बढी कायम गरी उक्त नियामकीय व्यवस्था उल्लंघन गरेको देखिएकोले संस्थाको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंकले कारवाही गरेको हो । बैंक प्रथम पटक कारवाहीमा परेको हो ।

त्यस्तै, राष्ट्र बैंकले मितेरी डेभलपमेन्ट बैंकलाई पनि कारवाही गरेको छ । राष्ट्र बैंकको एकीकृत निर्देशनमा भएको व्यवस्था विपरीत तोकिएको अधिकतम ब्याजदर अन्तर ४.६० प्रतिशत भन्दा बढी कायम गरेकाले बैंकलाई कारवाही गरेको हो । राष्ट्र बैंकले मितेरी डेभलपमेन्ट बैंकको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रथम पटक सचेत सहित कारवाही गरेको हो ।

त्यसैगरी, जानकी फाइनान्स कम्पनी पनि राष्ट्र बैंकको कारवाहीमा परेको छ । कम्पनीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनको दफा विपरित आफ्नो वासलात तथा नाफा-नोक्सान हिसाबको बिवरण ढिलो पेश गरेको र संस्थाको वार्षिक साधारणसभा समेत ढिलो सम्पन्न हुने गरी राष्ट्र बैंकको नियामकीय व्यवस्थाहरु उल्लङ्घन गरेको देखिएकाले संस्थाको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक कारवाही गरेको हो । कम्पनी प्रथम पटक राष्ट्र बैंकको कारवाहीमा परेको हो ।

त्यस्तै, गोर्खाज फाइनान्स कम्पनीका कर्मचारी तथा संस्थाको तत्कालीन अध्यक्ष/सञ्चालक संस्थाको क्रणी/ग्राहकसँग संस्थामा नै खोलिएका खाताहरु मार्फत् आर्थिक कारोवारमा पटक पटक संलग्न भएको पाइएको राष्ट्र बैंकले जनाएको छ ।

कम्पनीका तत्कालीन अध्यक्ष/सञ्चालकले निज संलग्न रहेको सहकारी संस्थाको कर्मचारीलाई विभिन्न कर्जा प्रदान गरी निजहरुसँग पटक-पटक आर्थिक कारोबार गरेको पाइएको तर त्यस्तो कैफियतजन्य कार्य भइरहँदा समेत व्यवस्थापन तथा सञ्चालक समितिले निगरानीका कार्यलाई चुस्त नराखेकाले राष्ट्र बैंकले सचेतसहित कारवाही गरेको हो ।

त्यसैगरी, फाइनान्स कम्पनीहरुमा प्रोग्रेसिभ फाइनान्स कम्पनी पनि कारवाहीमा परेको छ । कम्पनीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनको दफामा भएको व्यवस्था विपरित वासलात तथा नाफा-नोक्सान हिसाबको बिवरण ढिलो पेश गरेको र कम्पनीको वार्षिक साधारणसभा समेत ढिलो सम्पन्न हुने गरी राष्ट्र बैंकको नियामकीय व्यवस्थाहरु उल्लङ्घन गरेका देखिएकाले संस्थाको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई राष्ट्र बैंकले सचेतसहित कारवाही गसरेको हो ।

त्यस्तै, रिलायन्स फाइनान्स कम्पनीलार्य पनि विभिन्न नियमहरु नाघेवापत् राष्ट्र बैंकले कारवाही तोकेको छ । कम्पनीको संस्थाले २०८१ भदौ २३ गतेदेखि २०८१ असोज ०५ सम्म पी०५ को अवधिमा नियामकीय व्यवस्था अनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात रकम चालु आवमा पहिलो पटक कायम नगरेकोको राष्ट्र बैंक कारवाही तोकेको हो ।

राष्ट्र बैंकले कम्पनीलाई ऐन, बैंकबाट जारी इप्रा निर्देशनको बुँदामा भएको व्यवस्था बमोजिम ११ हजार २ सय २७ रुपैयाँ ६५ रुपैयाँ नगद जरिवाना ताकेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्