Shikhar Insurance
National Life

आधिकारिक सर्भिस सेन्टरमा नदेखाउँदा विद्युत सर्किट, ‘सेरस गाडीमा कुनै समस्या छैन’

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ६, मंगलवार ०८:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । आधिकारिक सर्भिस सेन्टरबाट नियमित चेकजाँच नगराउँदा गाडीमा धुवाँ देखिएको सवारी बिक्रेता कम्पनीले बताएको छ । आइतबार एक विद्युतिय गाडीमा धुवाँ देखिएपछि गाडी बिक्रेता कम्पनीले अध्ययन गरी गाडीको ब्याट्री र मोटर सुरक्षित रहेको पुष्टि गरेको हो ।

विद्युतिगय गाडी नयाँ प्रविधिमा आधारित हुने भएकाले ग्राहकले जहाँ पायो त्यहि गाडी देखाउँदा गाडीमा धुवाँ देखिएको सवारी बिक्रेता एमएडब्लु बृद्धिले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आइतबार बिहान सेरस ब्राण्डको एउटा गाडीमा धुवाँ निस्किएको विषयमा सार्वजनिक भएका खबरहरु प्रती कम्पनीको ध्यानाकर्षण भएको कम्पनीले जनाएको  छ । यस अघि कम्पनीको आधिकारिक सर्भिस सेन्टरभन्दा बाहिर सवारी साधनको मर्मतसम्भार गरिएको र आइतबार आधिकारिक सर्भिस सेन्टरमा सर्भिस सेवा लिदा सो गाडीमा सामान्य प्राविधिक समस्याका कारण धुवाँ निस्किएको प्रारम्भिक अध्ययनबाट देखिएको छ ।

गाडीको ब्याट्री र मोटरमा कुनैपनि क्षति पुगेको छैन ।  यसर्थ, गाडीमा ठूलो क्षति भएको छैन । साथै, धुवाँ निस्किएको गाडीका उपभोक्तालाई कम्पनीले अर्को नयाँ गाडी उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

कम्पनी आफ्ना गाडी र ग्राहकको सुरक्षा एवं हित रक्षा प्रति सँधै सचेत र प्रतिवद्द रहेको जनाएको छ । साथै, कम्पनीको आधिकारिक सर्भिस सेन्टरबाट मात्रै आफ्ना सवारीसाधनहरुको मर्मतसम्भार लगायतका कार्य गर्न/गराउन कम्पनी सम्पूर्ण उपभोक्ता महानुभावहरुमा हार्दिक अनुरोध गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्