Shikhar Insurance
National Life

प्रधानन्यायाधीश राउतको अठोट: न्यायपालिकालाई लयमा फर्काउनेछु

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ५, सोमबार १६:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपालिकालाई लयमा फर्काउने कामलाई अझै प्रभावकारी र समृद्ध रुपमा अघि बढाउने बताएका छन् । सोमबार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पदाधिकारीहरुसँगको सामूहिक भेटमा उनले सो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

नवनियुक्त प्रधानन्यायाधीश राउतले आफूसँग निष्ठा र निष्कलंक छवि भएका न्यायाधीशहरु रहेको दाबी गर्दै उनीहरुको जोडबलमा न्यायपालिकालाई लयमा फर्काउने कामलाई अझ प्रभावकारी ढंगले अघि बढाउने अठोट र संकल्प लिइएको पनि बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अदालतभित्र अफ्ठ्यारोहरु,असहज परिस्थितिहरु रहेको उल्लेख गर्दै उनले त्यसलाई सल्ट्याउने दायित्व पूरा गर्ने बताए । प्रधानन्यायाधीश राउतले न्यायालयमा देखिएको चुनौति हटाउने काममा आफूहरुले सञ्चारकर्मीहरुबाट साथ र सहयोगको अपेक्षा गरेको पनि बताए ।

उनले भने, ‘यो अदालत भनेको सबैको अदालत हो । नागरिकको हक र अधिकारको लागि यो अदालत प्रतिवद्ध छ । र नागरिक हक र अधिकारको प्रत्याभुतिको सन्दर्भमा यो अदालतले निर्वाह गर्नुपर्ने जुन भुमिकाहरु छ । राज्यको चौथो अंगको रुपमा रहेको हाम्रा आदरणीय पत्रकारहरु र सञ्चारकर्मी मित्रहरुले पनि हाम्रा कुराहरु जनता समक्ष पुर्‍याइदिनुपर्ने हुन्छ ।’

‘म नैतिक जिम्मेवारी लिन तयार छु । जोड र बलमा न्यायपालिकाले जसरी अहिलेसम्म आफ्नो एउटा हैसियत लयमा फर्काउने जो आफ्नो हैसियत प्रदर्शन गरेको छ । यसलाई अझ प्रभावकारी र समृद्ध रुपमा यसमा लैजाने हामीले अठोट र संकल्प गरेका छौं । सँगसँगै तपाईहरुसँग यो समग्र देशको लागि, माटोको लागि, जनताको लागि र संविधानको लागि र तपाईहरुको अभिव्यक्ति स्वतन्त्रताको लागि सँगसँगै तपाईहरुसँग हिँड्ने, समन्वय गर्ने, सहकार्य गर्ने र हामी एउटा उद्देश्य र गन्तव्यमा जाने कुराको लागि पनि म तपाईहरुको साथमा छु’ उनले बताए ।

त्यस अवसरमा प्रधानन्यायाधीश राउतले देश, जनता, संविधान र प्रेसको अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र संवद्र्धनका लागि सञ्चारकर्मीहरुसँगै हिँड्ने, सहकार्य गर्ने प्रण समेत गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्