Shikhar Insurance
National Life

३ करोड लगानीमा सुरु भएको खानेपानी आयोजना २७ वर्षसम्म पनि अधुरै

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ५, सोमबार १४:०२
Hyundai
NCELL
NIMB

सप्तरी । २७ वर्षदेखि खानेपानी निर्माणको योजना अधुरै रहँदा यहाँका नागरिक शुद्ध खानेपानीबाट बञ्चित भएका छन् । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–७ स्थित हनुमानगर बजारमा २७ वर्ष अगाडि नै निर्माण सुरु गएको खानेपानी आयोजना अहिलेसम्म पनि पूरा हुन सकेको छैन ।

स्थानीय स्वास्थ्यचौकी परिसरमा २०५४ सालमा निर्माण थालिएको खानेपानी योजना हालसम्म पिउने पानी योग्य बन्न नसकेको स्थानीयले बताएका छन् । तत्कालीन हनुमानगर गाउँ विकास समितिको पहलमा आयोजना सुरु गरिएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हनुमाननगर कङ्कालिनी नगरपालिका–७ का अमन यादवले खानेपानी आयोजना पूरा नहुँदा करिब दश हजार भन्दाबढी जनता प्रभावित भएको बताए । हनुमाननगर कङ्कालिनी नगरपालिकाले पनि यसप्रति कहिले पनि चासो नदिएको नेपाली कांग्रेसका प्रदेश सचिवसमेत रहनुभएका बेचन खडकाले बताए ।

स्थानीय राजेन्द्र मिश्रले खानेपानी टयाङ्की निर्माण ७५ प्रतिशत भए पनि राजनीतिक खिचातानीले काम पूरा हुन नसकेको बताए । ँपानी ट्याङ्की निर्माण गरी पाइपलाइन विच्छ्याउने काम अधुरै छ, नगरवासी ट्युवेलको आइरनयुक्त पानी खान बाध्य छन्” उनले भने । आयोजना ३ करोडको लागतमा निर्माण सुरु भएको थियो ।

आयोजनाको काम अधुरै भएपछि दोस्रो पटक २०७४ सालमा बोलपत्र आह्वान गरिएको थियो । तत्कालीन समयमा शान्ति निर्माण सेवा फर्सेठले निर्माणको जिम्मा पाएको थियो । फर्सेठका सञ्चालक नारायण यादवले आफूहरुले १३ लाख भुक्तनी नपाएपछि काम रोकिएको बताए । कोशीको तटीय क्षेत्रमा पर्ने हनुमाननगर कङ्कालिनी नगरपालिकामा १४ वटा वडा छन् ।

नगरपालिका उत्तरमा पूर्व–पश्चिम राजमार्गसँग जोडिएको छ भने दक्षिणतर्फ भारतीय सिमानासम्म फैलिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्