Shikhar Insurance
National Life

ट्रंक डेडिकेटेड विद्युत महसुल विवादमा छलफल गर्न उर्जा मन्त्री खड्काले कुलमानलाई मन्त्रालय बोलाए

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ५, सोमबार १३:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । ट्रंक र डेडिकेटेड विद्युत महशुल विवादको छलफल गर्न उर्जा तथा जलस्रोत मन्त्री दिपक खड्काले विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई मन्त्रालय बोलाएका छन् । मन्त्री खड्काले सोमबार मन्त्रालयमा ट्रंक डेडिकेट विद्युत महशुल विवादको विषयमा छलफल गर्न बोलाएका हुन् ।

प्राधिकरणको इतिहासमै सबैभन्दा विवादित बनेको विद्युत महशुल विवाद अझै टुङगोमा पुग्न सकेको छैन । पछिल्लो समय उद्योगहरुमा काटिएको विद्युतको महशुल तीन महिनाभित्र पैसा तिर्ने शर्तमा लाईन जोडिएको छ । सो तीन महिने समय अवधि कात्तिक ८ गते सकिदैछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्राधिकरणसँग अब २ वटा विकल्प छन् । पहिलो पुन:उद्योगहरुमा लाइन काट्ने, दोस्रो उद्योगीलाई पैसा तिर्ने म्याद थप गर्ने । यी दुई विकल्प मध्येमा प्राधिकरण बोर्ड बैठकबाट म्याद थप गर्न अहिलेको अवस्थामा कुलमान घिसिङलाई सहज छैन । यसो हुँदा लाइन काट्नै पर्ने बाध्यतामा प्राधिकरण पुग्न सक्दछ ।

यद्यपी कुलमानसँग उर्जामन्त्री खड्काले असोज २३ गते कुलमानसँग १५ बुँदामा विवरण माग गरेको छ । सो बुदाँको विवरण हाससम्म कुलमान घिसिङले मन्त्रालयललाई पठाएको छैन । १५ बुँदामा
नेपाल विद्युत प्राधिकरणको कर्मचारी सेवा, शर्तसम्बन्धी विनियमावली (संशोधनसहितको) एवम् आर्थिक प्रशासन विनियमावली (संशोधन समेत) र सोसँग सम्बन्धित विगत ४ वर्ष अवधिमा सञ्चालक समितिले गरेका विभिन्न मितिका निर्णयहरु मागिएको छ ।  नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिले विगत ४ वर्षको अवधिमा कार्यकारी निर्देशकलाई प्रत्यायोजन गरेको अधिकारको विवरण (निर्णय मिति खुल्ने गरी पठाउन भनेको छ ।

नेपाल विद्युत प्राधिकरणका सहायक कम्पनीहरुमा रहेको प्राधिकरणको शेयर संरचना एवम् ती कम्पनीहरुको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने पदाधिकारीहरुको विवरण, साथै, ती कम्पनीहरुमा नेपाल विद्युत प्राधिकरणको तर्फबाट हाल काजमा खटिएका कर्मचारीहरुको विवरण  समेत माग गरेको छ ।

विगत चार आर्थिक वर्षदेखि त्यस प्राधिकरणका विभाग, निर्देशनालय र कार्यकारी निर्देशकबाट स्वीकृत भएका बोलपत्र सम्बन्धी विवरण (जस्तै, ठेक्काको नाम स्वीकृत भएको रकम भुक्तानीको विवरण, ती ठेक्कासँग सम्बन्धित दायित्वहरुको विवरण आदि) । साथै, यदि विवाद पर्न गएको भए विवादका कारण र कार्य सम्पन्न हुन नसकेका ठेक्का सम्झौताको वर्तमान अवस्था  पनि माग गरेको छ ।

डेडिकेटेड फिडर / ट्रंक लाइन सम्बन्धी नेपाल विद्युत प्राधिकरणले उठाउन बाँकी रहेको महसुल सम्बन्धमा सञ्चालक समितिमा पेश भएका विभिन्न प्रतिवेदन एवम् सो महसुलका सम्बन्धमा सञ्चालक समितिबाट विभिन्न मितिमा भएका निर्णयहरु माग गरेको छ ।

नेपाल विद्युत प्राधिकरणले विभिन्न बोलपत्र मार्फत् खरिद गरी जडान हुन बाँकी स्टोरमा मौज्दात रहेका ट्रान्सफरमरको  अद्यावधिक विवरण (खरिदको लागि प्राप्त माग संकलन र खरिद योजना, खरिद नं., खरिद मूल्य एवम् हालको अवस्था सहित) माग गरेको छ ।

हाल बोलपत्र आव्हानको लागि तयारी भइरहेको स्मार्ट मिटर लगायतका वस्तु /सामाग्रीहरुको विवरण एवम् प्रतिस्थापन कार्ययोजना (परिमाण एवम् अनुमानित लागत रकम सहित) माग गरेको छ । सो विवरण प्राप्त भएपछि कुलमान घिसिङलाई मन्त्रालय तानेर उनको स्थानमा हितेन्द्र देव शाक्य पठाउने तयारी मन्त्रालयको छ ।

प्राधिकरण बोर्डका एक सदस्यले सिंहदरबारसँग भन्यो, ‘मन्त्रालयले मागेको विवरण अहिलेसम्म पेश भएको मेरो जानकारीमा छैन, सोमबार मन्त्री खड्काले नै कुलमान जीलाई ट्रंक डेडिकेटेड महशुल विवादको विषयमा छलफल गर्न बोलाएका छन् ।’

GBIME

प्रतिक्रिया दिनुहोस्