काठमाडौं । नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्यले पुन: नयाँ रेकर्ड कायम गरेको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
अघिल्लो दिन ६ सय रुपैयाँले बढेर कीर्तिमान रचेको सुनको भाउले आज सो रेकर्ड पनि तोडेको छ । आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर फेरी नयाँ ऐतिहासिक रेकर्ड राखेको हो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार अघिल्लो दिन १ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन सोमबार १ लाख ६५ हजार ६ सय रुपैयाँमा किनबेच भएको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर २ हजार ९५ रुपैयाँ पुगेको छ । चाँदी अघिल्लो दिन २ हजार ७५ रुपैयाँमा किनबेच भएको थियो । गत १ हप्तादेखि चाँदीको भाउ लगातार बढीरहेको छ।
प्रतिक्रिया दिनुहोस्