Shikhar Insurance
National Life

तीन महिनामा १ खर्ब १६ अर्ब उठ्यो आन्तरिक राजस्व, भ्याट संकलन १९ प्रतिशतले वृद्धि

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ५, सोमबार ०८:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु वर्षको पहिलो तीन महिनामा १ खर्ब १६ अर्ब १९ करोड आन्तरिक राजस्व संकलन भएको छ । साउन, भदौ र असोज महिनामा आन्तरिक राजस्व विभागले सो बराबर राजस्व संकलन गरेको हो ।

राजस्व संकलनको हिसाबले निकै महत्वपुर्ण मानिने पहिलो तीन महिनामा गत आर्थिक वर्ष २०८०/०८१ को पहिलो तीन महिनाको तुलनामा १३.५९ प्रतिशत बढि राजस्व उठेको छ । पोहोरको तीन महिनामा ९८ अर्ब २६ करोड राजस्व असुल भएको थियो । यद्यपी अर्थ मन्त्रालयले तोकेको लक्ष्य भने विभागले भेट्न नसक्ने देखिन्छ । विभागलाई मन्त्रालयले पहिलो ३ महिनामा १ खर्ब ३४ अर्ब २५ करोड राजस्व उठाउने लक्ष्य दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भने राजस्वको लक्ष्य पुरा गरी काम गर्न विभाग अन्तर्गतका कर्मचारीहरुलाई निरन्तर दबाब दिइरहेका छन् । मन्त्री पौडेलले विभागलाई तोकिएको वार्षिक ७ सय १ अर्बको राजस्व लक्ष्य पुरा नभए कोहि पनि सुरक्षित नहुने बताउँदै आएका छन् ।

पहिलो तीन महिनाको तथ्यांक विष्लेषण गर्दा पोहोरको तुलनामा मूल्य अभिवृद्धि कर (भ्याट) संकलनमा विभागले उल्लेख्य प्रगती गरेको छ । समिक्षा अवधिमा विभागले पोहोर भन्दा १८.९४ प्रतिशतले भ्याट संकलनमा सुधार गरेको छ । तीन महिनामा विभागले ३१ अर्ब १२ करोड भ्याट संकलन गरेको छ । गतवर्ष सोहि अवधिमा २६ अर्ब १५ करोड रुपैयाँ संकलन भएको थियो ।

यस्तै, आयकर शिर्षकमा विभागले गतवर्ष भन्दा १२ प्रतिशतले वृद्धि गरेको छ । समिक्षा अवधिमा विभागले ४० अर्ब ५५ करोड आयकर संकलन गरेको छ । यद्यपी लक्ष्य भने ५२ अर्बको लिएको छ । आयकर शिर्षकमा मात्रै विभागल लक्ष्य भन्दा १२ अर्बले पछि परिसकेको छ । अन्तशुल्क शिर्षकमा २६ अर्ब ८ करोड राजस्व उठेको छ । गतवर्ष यो अवधिमा २२ अर्ब ४७ करोड असुल भएको थियो । समिक्षा अवधिमा बहाल करमा १२ प्रतिशत, ब्याजकर १७.४१ प्रतिशत, स्वास्थ्य क्षेत्रमा १५.१७ प्रतिशत र शिक्षा क्षेत्रमा २३.९५ प्रतिशतले प्रगति भएको छ ।

चालु वर्ष सरकारलाई अबिरल वर्षाका कारण भएको क्षतिले दायित्व थप हुदाँ खर्च दबाब बढ्दै गएको छ । आम्दानीको तुलनमा सरकारको खर्च बढ्दै जाँदा सरकारमाथी दबाब बढ्दै गएको छ । राजस्वले खर्च धान्न नसक्दा सरकारले आन्तरिक ऋण र वैदेशिक ऋणको साहारा लिइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्