Shikhar Insurance
National Life

२० वाणिज्य बैंकले २ महिनामा कमाए साढे १७ अर्ब बढी, नबिल र ग्लोबलको टक्कर

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ४, आईतवार १६:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । २ महिनामा २० वाणिज्य बैंकले १७ अर्ब ६९ करोड ९२ लाख नाफा आर्जन गरेका छन् । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार सो नाफा कमाएकाे गरेको हो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार सबैभन्दा धेरै नाफा गर्नेमा नबिल बैंक रहेको छ । धेरै नाफा कमाउनेकाे पहिलाे नम्बरमा नविल बैंक रहेकाे छ । नबिल बैंकले भदौ महिनामा १ अर्ब ६६ करोड ८ लाख रुपैयाँ नाफा कमाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

दस्रो धेरै नाफा कमाउनेमा  ग्लोबल आईएमई बैंक लिमिटेड रहेको छ । बैंले १ अर्ब ५६ करोड ६१ लाख रुपैयाँ नाफा कमाएकाे छ भने धेरै नाफा कमाउनेको तेस्रो नम्बरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । बैंकले २ महिनामा १ अर्ब ४१ करोड २८ लाख रुपैयाँ नाफा कमाएको छ ।

२ महिनामा धेरै नाफा कमाउनेको चौथो नम्बरमा हिमालयन बैंक लिमिटेड रहेको छ । हिमालयन बैंक लिमिटेडले २ महिनामा १ अर्ब १६ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ । यस्तै, २ महिनामा धेरै नाफा कमाउनेको ५ औं नम्बरमा कुमारी बैंक लिमिटेड रहेको छ । बैंकले २ महिनामा १ अर्ब ८ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ ।

एभरेष्ट बैंक लिमिटेडले ८२ करोड ५५ लाख नाफा आर्जन गर्दा प्रभु बैंकले ९१ करोड ३२ लाख नाफा आर्जन गरेको छ ।

यस्तै, प्राइम कमर्शियल बैंक लिमिटेडले ९७ करोड ४६ लाख नाफा आर्जन गरेको छ भने एनएमबी बैंकले ७८ करोड २ लाख रुपैयाँ नाफा कमाएको छ । लक्ष्मी सनराइज बैंकले ८६ करोड ४६ लाख नाफा आर्जन गर्दा सानिमा बैंक लिमिटेडले ६८ करोड ९२ लाख नाफा कमाएको छ ।

माछापुछ्रे बैंकले ३९ करोड २४ लाख नाफा कमाउँदा एनआईसी एशिया बैंकले ५७ करोड ७५ लाख नाफा कमाएको छ । सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ८८ करोड ३ लाख नाफा कमाएको छ भने नेपाल बैंक लिमिटेडले ६७ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको छ ।

यसैगरी, विदेशी लगानीको स्ट्यार्डड चार्टर बैंकले ६० करोड ६२ लाख नाफा आर्जन गरेको छ ।

यस्तै, नेपाल एसबीआई बैंकले ५३ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने सिद्धार्थ बैंक लिमिटेडले ६० करोड ५६ लाख नाफा कमाएको छ । सिटिजन्स इन्टरनेश्नल बैंकले ५८ करोड ९८ लाख नाफा कमाएको छ भने कृषि विकास बैंकले ८८ करोड ७० लाख नाफा कमाएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्