काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ४७.४४ अंकले घटेर २६९७.९१ मा पुगेको हो ।
आइतबार ३१५ कम्पनीको २ करोड ८ लाख ६८ हजार ९ सय १९ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब १८ करोड २ लाख ६२ हजार ५७३ रुपैयाँको कारोबार भएको छ ।
आज एक कम्पनीको सेयरमा सकरात्मक सर्किट लागको छ । आज कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरमा सर्किट लागेको हो । त्यस्तै, न्यादी ग्रुप पावरको ९.८९ प्रतिशत, हिमालयन लघुवित्तको ५.९२ प्रतिशत सहित ४८ कम्पनीको सेयर मूल्य बढेको छ ।
प्रतिक्रिया दिनुहोस्