Shikhar Insurance
National Life

ग्लोबल आइएमई बैंक र इन्ज्ब्रकबीच ‘नेपालमा ऊर्जा दक्षता निर्माण’ प्रोजेक्टमा सहकार्य गर्ने सम्झौता

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ४, आईतवार १४:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच नेपालमा ऊर्जा दक्षता निर्माण (बीइइएन) प्रोजेक्ट अन्तर्गत दिगो आवास भवन निर्माणका लागी ऊर्जा कुशल प्रविधी तथा अभ्यासहरु प्रवर्धन गर्ने समझदारी भएको छ ।

उक्त समझदारीमा बैंकका ग्रीन एण्ड सस्टेनेबल बैंकिङ्ग प्रमुख असिम कर्माचार्य र युनिभर्सिटी अफ इन्ज्ब्रक, अष्ट्रियाको प्रतिनिधी तथा बीइइएन प्रोजेक्ट प्रमुख डा ड्यानियल नेयरले हस्ताक्षर गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

ग्लोबल आइमई बैंकले दिगो आवास प्रवर्द्धन गर्न ‘ग्रीन होम लोन’ विशेष कर्जा योजना लागु गर्दै आएको छ । बैंकका अनुसार, यस समझदारीले प्राविधिक क्षमताको अभिवृद्धि गर्न र दिगो तथा ऊर्जा कुशल भवनहरूको प्रवर्धन गर्न सहयोग पुर्याउने छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्