Shikhar Insurance
National Life

छविलाल जोशीलाई थप २० दिन हिरासतमा राख्न अदालतको अनुमति

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ४, आईतवार १४:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । छविलाल जोशीलाई थप २० दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । शुक्रबार अदालतले सहकारी प्रकरणमा अनियमितता गरेको आरोपमा अनुसन्धानका लागि थप २० दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

उनलाई असोज १७ गतेदेखि लागू हुनेगरी उनलाई २० दिन म्याद थप गरेको छ । अदालत बन्द भएका कारण उनको १७ गतेदेखि नै म्याद थप हुन सकेको थिएन । असोज ६ मा पक्राउ परेका उनीविरुद्ध यसअघि पनि अदालतले पहिलो पटक ५ दिन र दोस्रो पटक ७ दिन म्याद थप गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

न्युज एजेन्सी नेपाल

GBIME

प्रतिक्रिया दिनुहोस्