Skip to content
Shikhar Insurance
National Life

कात्तिक ९ गतेदेखि चाडपर्व उत्सव सञ्चालन गर्दै बन्दिपुर हिल

Hyundai
NCELL
NIMB

बन्दीपुर । बन्दिपुर हिलले कात्तिक ९ गतेदेखि १५ गतेसम्म चाडपर्व उत्सव सञ्चालन गर्ने भएको छ । पर्यटन पूर्वाधारयुक्त केबलकार परियोजना बन्दिपुर हिलले तिहारको अवसरमा देउसी भैलो प्रतियोगिता हुने गरी सो उत्सव सञ्चालन गर्न लागेको हो ।

‘सङ्गीतमा झुम्दै, खानपिनमा रम्दै, चाडपर्व मनाऔँ, चाडपर्व उत्सव–२०८१ मा सहभागी बनौँ’ भन्ने नारा सहित बन्दिपुर केबलकारको प्रवर्द्धक कम्पनी बन्दिपुर हिलले बन्दिपुर केबलकारको लोअर स्टेसन, केबलकार चोकमा देउसी–भैलो प्रतियोगिता, टिकटक प्रतियोगिता, फन पार्क, रमाइलो मेला, फुड फेष्टिबल र स्थानीय हाटबजार कार्यक्रम सञ्चालन हुने जनाएको छ ।

देउसी भैलो प्रतियोगितामा प्रथम पुरस्कार १ लाख रुपैयाँ रहेको छ । त्यसै गरी द्वितीय पुरस्कार ५० हजार, तृतीय पुरस्कार २५ हजार तथा सान्त्वना पुरस्कार १० हजार रहेको छ । त्यसै गरी चाडपर्व उत्सव अन्तर्गत सञ्चालन हुने टिकटक प्रतियोगितामा बढी शेयर भएको भिडियो, बढी भ्युज भएको भिड्यो र उत्कृष्ट भिडियोलाई जनही १०, १० हजार रुपैयाँ दिने कम्पनीले जनाएको छ ।

उक्त कार्यक्रमको प्रायोजकमा बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेड तथा प्रवर्द्धकमा ड्राइभ इन रेस्टुरेन्ट र टुरिजम् इन्भेष्टमेन्ट फण्ड लिमिटेड रहेको कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्