Shikhar Insurance
National Life

सुनको मूल्यमा रेकर्ड ब्रेक : एक तोला किन्न १ लाख ६५ हजार चाहिने

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ४, आईतवार १०:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्यले फेरी नयाँ रेकर्ड कायम गरेको छ । गत ३ दिनदेखि लगातार नयाँ कीर्तिमान रचेको सुनको मूल्यले आज फेरी नयाँ रेकर्ड कायम गरेको हो । अघिल्लो दिन (शुक्रबार) २ हजार रुपैयाँले बढेर नयाँ कीर्तिमान रचेको सुनको भाउ आज ६ सय रुपैयाँले बढेर हालसम्म कै रेकर्ड तोडेको हो ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार अघिल्लो दिन १ लाख ६४ हजार ४ सय रुपैयाँमा किनबेच भएको छापावाला सुन आज प्रतितोला १ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, आज चाँदी मूल्यले पनि नयाँ रेकर्ड गरेको छ । आज चाँदी प्रतितोला ९५ रुपैयाँले बढेर २ हजार ७५ रुपैयाँ खरिदबिक्री भएको छ । चाँदी अघिल्लो दिन १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्