काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश प्रयोजनाको लागि कात्तिक ५ गते बुक क्लोज गर्ने भएको हो ।
हाल कायम चुक्ता पूँजीको ३ प्रतिशतले हुन आउने रकम बराबरको बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.१५७ प्रतिशतका दरले हुन आउने नगद लाभांश वितरण प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।
कम्पनीको असोज १७ गते बसेको सञ्चालक समिति बैठकले कात्तिक १४ गते होटल क्रिस्टल पशुपती, गौशाला, काठमाडौंमा बस्ने गरी सभा बोलाएको हो ।
सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आव २०८०/८१ सम्मको खुद नाफा सहितको सञ्चितिघाट हाल कायम रहेको चुक्ता पूँजीको ०.१५७ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आव २०८०।८१ सम्मको सेयर प्रिमियम खुद मुनाफासहितको सञ्चितिबाट हाल सयम रहेको चुक्ता पुंजीको ३ प्रतिशतले हुन आउने रकम बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभामा सत्ताईसौं वार्षिक साधारण सभा आव २०८०/०८१ को प्रयोजनको लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्नेछ ।
लेखापरिक्षकको प्रतिवेदन सहितको आव २०८०/०८१ को वासलात, नाफा नोक्सान हिसाब र प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने सभाको प्रस्ताव रहेको छ ।
बोनस सेयर पश्चात कम्पनीको जारी र चुक्ता पूँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावलीका आवश्यक दफाहरु संशोधन गर्ने र लिख खोला जलविद्युत आयोजनाको निर्माणको लागि बैंक तथा वित्तिय संस्थाहरुसँग गरिएको ऋण सम्झौतामा Corporate Guarantee दिने सम्बन्धमा सभामा छलफल हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्