काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेले एफपीओ जारी गर्ने भएको छ । कम्पनीले कात्तिक १२ गतेदेखि एफपीओ निष्कासन गर्ने भएको हो ।
लघुवित्तले साबिकको मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गरेपछि प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम सेयर पूँजी संरचना अनुपात ६९.४८ प्रतिशत संस्थापकको र ३०.५२ सर्वसाधारणको कायम गर्न नपुगेको सेयरका लागि एफपीओ जारी गर्न लागेको हो ।
कम्पनीले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ३ लाख ५० हजार ९०४.२५ कित्ता सेयर निष्कासन गर्न लागेको हो । आवेदन कात्तिक १२ गतेदेखि दिन २० गतेसम्म दिन सकिनेछ । २० गतेसम्म पर्याप्त आवेदन नपरेमा कात्तिक २६ गतेसम्म आवेदन खुला गरिने कम्पनीले एक सूचनामार्फत जानकारी गरेको छ ।
एफपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ डबल बी माइनस प्रदान गरेको छ । सेयर खरीदका लागि आवेदन दिँदा घटीमा १० कित्ता र बढीमा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
साथै, आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयर अनलाइन मार्फत आवेदन दिन सकिनेछ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्