Shikhar Insurance
National Life

मन्त्रिमण्डल पुनर्गठनको तयारी, उद्योग, पर्यटन र भूमि व्यवस्था मन्त्री फेरिँदै

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ४, आईतवार ०९:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठनको तयारी गरेका छन् । सत्ता साँझेदार नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाको सहमतिमा प्रधानमन्त्री ओलीले केहि मन्त्रीहरु फेरबदलको तयारी गरेका हुन् ।

उच्च स्रोतका अनुसार उद्योग मन्त्री दामोदर भण्डारी, पर्यटन मन्त्री बद्री पाण्डे र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीको जिम्मेवारी खोसिँदैछ । उनीहरुलाई हटाएर रणनीतिक रुपले नयाँ मन्त्रीहरु पठाउने तयारी भएको स्रोतहरु बताउँछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रधानमन्त्री ओलीले उद्योग मन्त्री भण्डारी र भूमि सुधार मन्त्री अधिकारीलाई हटाएर कसलाई मन्त्री बनाउन खोजेका हुन भन्ने टुंगो लागेको छैन्, मन्त्री फेर्ने चर्चासँगै एमाले सांसदहरुको दौडधुप भने सुरु भैसकेको छ । उता, काँग्रेस सभापति देउवाले पनि पर्यटन मन्त्री पाण्डेलाई हटाएर पार्टीको आन्तरिक राजनीति व्यवस्थापनमा सहज हुने गरि नयाँ पात्र पठाउन चाहेको स्रोतहरुको दावी छ ।

यी बाहेक पनि केहि मन्त्रीहरु फेरिन सक्ने सम्भावना भने कायमै देखिन्छ । ‘केहि मन्त्रीहरु फेर्ने निष्कर्षमा शिर्ष नेतृत्व पुगिसकेको छ तर एकाध मन्त्री मात्रै फेर्दा केहि गलत सन्देश जान सक्छ की भन्ने पनि छ । कम्तिमा पनि आधा दर्जन मन्त्री फेरेर नयाँ तरंगसहित काम गर्ने योजना पो बनेको हो की भन्ने अनुमान हामीले गरेका छौं ।’, एमाले निकट उच्च स्रोतले सिंहदरबारसँग भन्यो ।

GBIME

प्रतिक्रिया दिनुहोस्