Shikhar Insurance
National Life

राजनीतिक स्थायित्वको अभावमा मुलुक बन्न नसकेको निष्कर्षमा पुग्न हिच्किच्याउनु पर्दैन: अध्यक्ष दाहाल

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २, शुक्रबार १७:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक स्थायित्वको अभावमा मुलुक निर्माण हुन नसकेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रले व्यवसायीहरु, धनि पुँजीपतिहरु हुन् भन्ने ठान्दासम्म मुलुकको विकास हुन नसक्ने बताए । उनले निजी क्षेत्र र सरकार एकै ठाउँमा उभिन वातावरण नबन्दासम्म मुलुकको अर्थतन्त्रले लय पक्रनसक्ने अवस्था नरहेको पनि बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अध्यक्ष दाहालले भने, ‘हामीसँग साधन स्रोतको कमी भएर पनि होइन । अध्ययनशील जनमतको जनशक्तिको भएर पनि होइन । विजनेश अनुभव भएका त्यस्ता इन्टरप्रिनियरहरुको कमी भएर पनि होइन ।’

अध्यक्ष दाहालले उत्पादन वृद्धि, रोजगारीको अवसर सृजना गरी मुलुकमा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने मद्दत गर्ने नीतिलाई सही नीतिको रुपमा ग्रहण गरेर अघि बढ्नुपर्ने पनि बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्