Shikhar Insurance
National Life

टर्किएको घर बिक्री सेप्टेम्बरमा ३७.३ प्रतिशत बढ्यो

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २, शुक्रबार ११:३८
Hyundai
NCELL
NIMB

एजेन्सी । बिहीबार जारी आधिकारिक तथ्याङ्कअनुसार टर्कीमा घर बिक्री सेप्टेम्बरमा यस वर्षको लागि नयाँ उचाईमा पुगेको छ । लगभग १ लाख ४१ वटा घरहरु बिक्री भएका छन् । टर्की तथ्याङ्क संस्थानले १ लाख ४० हजार ९१९ घर बिक्री भएको जनाएको छ ।

जुन गत वर्षको सोही महिनाको तुलनामा ३७.३ –प्रतिशतले बढेको छ । यो संख्या गत वर्ष डिसेम्बरयताकै उच्च विक्री स्तर हो । इस्तानबुलले २१ हजार ३१४ इकाइमा सबैभन्दा धेरै घर विक्रीको साथ देशको नेतृत्व गरेको छ । त्यसपछि राजधानी अंकारा १३ हजार २०५ इकाइहरूका साथ र इजियन शहर इज्मिर ७ हजार ६१२ इकाइहरूको साथमा रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अधिकारीहरूले एक वर्षअघि घरपरिवारलाई बोझ पार्ने निरन्तर मुद्रास्फीतिसँग जुध्न आक्रामक मौद्रिक कडाइ लागू गरेपछि टर्किएको आवास बजार संघर्षरत थियो । मोर्टगेजमा आधारित विक्रीले सेप्टेम्बरमा ८७.४ प्रतिशत वर्ष–दर–वर्षको उल्लेखनीय वृद्धि भएको छ ।

समग्रमा वर्षको पहिलो नौ महिनामा टर्किएको घर विक्री ५.२ प्रतिशतले बढेर ९ लाख ४७ हजार २३६ युनिट पुगेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्