Shikhar Insurance
National Life

एभरेष्ट बैंकले मनायो ३० औं वार्षिकोत्सव

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २, शुक्रबार ११:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ३० औं वार्षिकोत्सव सम्पन्न गरेको छ । बैंकले कात्तिक १ गते रक्तदान कर्मचारीहरुलाई दीर्घ सेवा पदक तथा कदर पत्र वितरण गर्दै वार्षिकोत्सव सम्पन्न गरेको हो ।

बैंकले ३० औं वार्षिकोत्सवको अवसरमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताललाइ भवन निर्माण कार्यका लागि बैंकको तर्फबाट १ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ । उक्त कार्यक्रममा, एभरेष्ट बैंकका संचालक समितिका अध्यक्ष बालगोपाल बैद्य र प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रुपमा अस्पतालका अध्यक्ष प्राडा भगवान कोइरालालाई उक्त चेक हस्तान्तरण गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसबाट अस्पताल निर्माणमा थप टेवा पुग्ने र बालबालिकाहरुले सुलभ तथा गुणस्तरीय स्वास्थ सेवा प्राप्त गर्ने बैंकले विश्वास लिएकाृे छ । सामाजिक उत्तरदायित्व अन्तर्गतनै बैंकले नेपाल रेडक्रस सोसाइटी, बागबजार काठमाडौंकोे सहकार्यमा रक्तदान कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा बैंकका कुल ४८ जना कर्मचारीले रक्तदान गरेको बैंकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्